२ चैत्र २०८२, सोमबार
नेकपा एमालेका सांसद विष्णु पौडेलले आन्दोलनरत पहिचान पक्षधरलाई सरकारले नै उक्साएको आरोप लगाएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमणप्रति सरकार मौन समर्थक बनेको भन्दै सरकारबाटै आक्रमणका लागि उक्साएको आरोप लगाए ।


एमाले अध्यक्ष ओली वैशाख १३ गते झापामा पार्टीको कार्यक्रममा जाने क्रममा पहिचान पक्षधरले शान्तिपूर्ण कालो झण्डासहित नाराबाजी गरेका थिए ।
तर, आन्दोलनकारीको प्रदर्शनलाई प्रहरीले रोक्न खोज्ने क्रममा सामान्य झडप भएको थियो । भने प्रहरीले दुई पहिचान पक्षधरका दुईजनालाई पक्राउ समेत गरेको छ ।
एमाले नेता पौडेलले शान्ति सुरक्षाका विषयमा सरकारले नालायकीपन प्रस्तुत गरेको आरोप लगाए ।
‘सरकार यो आक्रमणप्रति सरकार किन मौन समर्थक बनिरहेको छ रु आक्रमणकारीलाई उक्साउने काममा पनि सरकारका कतिपय पात्रहरू संलग्न छन् भनेर सुनिरहेको छु ।
यो आक्रमणमा सत्ता पक्षका कार्यकर्ता रहेको सुचना आएको छ’, उनले भने ।
पौडेलले घटनाप्रति गृहमन्त्रीको जवाफले नपुगेको बताउँदै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने पनि माग गरे । ‘यो सरकारले गर्न खोजेको के हो रु संविधानले प्रद्धत्त अधिकार खोस्न खोजिएको हो रु’ पौडेलले भने ।
उनले बिहीबार संविधानसभाका अध्यक्षसमेत रहेका सुवास नेम्वाङ पनि ओलीसँगै इलामबाट फर्कदा एम्बुस थाप्न खोजिएको भन्दै पाँचथर र तेह्रथुमममा पनि आक्रमणको योजना बनिरहेको बताए ।