फरार सांसद कोइरीको विषयमा विवाद भएपछि संसद बैठक आधा घण्टालाई स्थगित

होमल्याण्ड खबर

२०८० बैशाख १५ गते, शुक्रबार १७:२२ मा प्रकाशित

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर विवाद भएपछि संसद बैठक आधा घण्टालाई स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेका अनुसार उनी लगातार २१ वटा बैठकमा अनुपस्थित छन् । अनुपस्थितिको कारणमा विरामी भएको भनिएको छ ।