प्रधानमन्त्री दाहाल र रास्वपा सभापति लामिछानेबीच भेट

होमल्याण्ड खबर

२०८० बैशाख १७ गते, आईतवार १०:१२ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । प्रधानमन्त्री दाहालले रास्वपालाई सरकारमा ल्याउन पहल गरिरहेका बेला सभापति लामिछाने उनलाई भेट्न बालुवाटार पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले चितवन २ को उपनिर्वाचनमा विजयी भएका लामिछानेलाई बधाई दिएका छन् ।

नागरिकता विवादमा सर्वोच्च अदालतबाट भएको फैसलापछि पद गुमाएका लामिछाने वैशाख १० मा सम्पन्न निर्वाचनमा पुनः निर्वाचित भएका थिए ।

निर्वाचित भएर आएसँगै उनले सरकारमा सहभागी हुने नहुने विषयमा पार्टीभित्र र बाहिर छलफल तीव्र बनाएका छन् ।

भेटमा प्रधानमन्त्री दाहालले रविलाई सरकारमा आउन आग्रह गरेको र रविले पहिला आफूहरुले पाएका मन्त्रालय पाएर सरकारमा सहभागी हुन सकिने बताएको निकट स्रोले जानकारी दियो ।