कर्मचारीको आन्दोलन स्थगित

होमल्याण्ड खबर

२०८० बैशाख २१ गते, बिहीबार ११:२६ मा प्रकाशित

 संघीय निजामती ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै निजामती कर्मचारी सङ्गठनहरूले थालेकाे आन्दोलन स्थगित गरेका छन् । वैशाख १९ बाट जारी आन्दोलन उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काको नेतृत्वमा बिहिबार वार्ता समिति बनाएपछि आन्दोलन स्थगित गरिएको हो ।

नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञबहादुर वलीले सरकारले वार्ता समिति बनाएपछि हाललाई आन्दोलन स्थगित गरिएको बताए ।

आज सिंहदरबार भित्र कर्मचारीहरूलाई प्रवेशमा रोक लगाउने भनिएको थियो ।