लुम्बिनी विकास कोषमा अनेकौं विकृति विसंगती रहेको भन्दै उनले विकृति हटाउने बताए । उनले जेठ १६ गतदेखि नेपाल वायुसेवा निगमका जहाज गौतमबुद्ध विमानस्थलबाट चल्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा बुद्ध सर्किट बनाउने अवधारणा आए पनि अघि बढ्न नसकेकाले अघि बढाउनुपर्ने बताएका छन् ।
२५६७औँ बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले बुद्ध सर्किट निर्माणपछि संसारभरका बौद्धमार्गीलाई आकषिर्त गर्न सकिने र यसबाटै प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए ।
बुद्ध सर्किटमा बौद्ध ध्यान केन्द्रहरु निर्माण र हरेक महिना पुजा, अनुष्ठानको माध्यमबाट संसारको ध्यान केन्द्रित गर्न सकिने बताए । मुख्यमन्त्री चौधरीले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरे ।
लुम्बिनीको धार्मिक पर्यटनबाट देशको आर्थिक विकासमा कायापलट गर्न सकिने औंल्याउँदै मुख्यमन्त्री चौधरीले लुम्बिनी विकास कोषको विनियमावली र विधान संशोधन गरी प्रदेश र स्थानीय सरकारले पनि अपनत्व ग्रहण गर्न सक्ने बनाउनुपर्ने आवश्यकता औंल्याए ।
केन्जो टांगेले ४६ वर्ष अघि बनाएको गुरुयोजना सकिने चरणमा रहेकाले अब लुम्बिनी, कपिलवस्तु र रामग्रामलाई जोडेर बुद्ध सर्किटको गुरुयोजना बनाउनुपर्ने बताए ।
लुम्बिनी विकास कोषले अहिले स्थानीयलाई जोड्न नसकेको भन्दै मुख्यमन्त्रीले पर्यटकको बसाइ लम्बाउन सरोकारवाला सबैसँग सहकार्य गरेर नीति बनाउन आवश्यक रहेको बताए ।
कोषका उपाध्यक्ष अवधेश त्रिपाठी लुम्बिनी, कपिलवस्तु र रामग्रामलाई जोडेर बुद्ध सर्किट बनाएर एकीकृत पर्यटन विकास गर्नुपर्ने बताए । उनले विश्वभरका करिब चार अर्ब बौद्ध धर्मावलम्बी रहेका उल्लेख गर्दै उनीहरुलाई बुद्ध सर्किटमा आकर्षित गर्न सकिने बताए ।






