नवनियुक्त मन्त्री आचार्यले लिए शपथ

होमल्याण्ड खबर

२०८० बैशाख २४ गते, आईतवार १४:५३ मा प्रकाशित

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले शपथ लिएका छन्। मन्त्री आचार्यलाई आइतबार दिउँसो शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्।

नेपाली कांग्रेसको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आचार्यलाई नियुक्त गरेका हुन्।

आचार्य पछिल्लो समय पार्टीमा नेता शेखर कोइराला निकट मानिन्छ्न्। उनी पहिला रामचन्द्र पौडेल समूहका थिए।

महिला बालबालिका मन्त्रालय सम्हालिरहेका नेपाल समाजवादी पार्टी ९नेसपा० का महेन्द्रराय यादवलाई खानेपानी मन्त्रालयमा पठाएर आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको हो।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतका उपस्थिति थियो।

यससँगै प्रचण्डले दशौँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।