अव्यवस्थित तार आजबाट हटाइने

होमल्याण्ड खबर

२०८० बैशाख २५ गते, सोमबार ०९:३९ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले आजबाट बिजुलीको पोलमा राखिएका अनावश्यक तार हटाउने भएको छ । महानगरको प्रहरी टोलीले आज माइतीघरदेखि त्रिभुवन विमानस्थलसम्म र न्युरोड गेटबाट वसन्तपुर, असन, कमलाक्षी र भोटाहिटीसम्मको तार हटाउने  तयारी गरेकाे छ ।

काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट  सेवाप्रदायकका  प्रतिनिधिबीच  आइतबार  भएको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय भएकाे थियाे।

जसअनुसार पहिलो दिन राजधानीको न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने  सहमति  भएको छ ।

सोहीअनुसार विभिन्न रुट तय गरेर तार व्यवस्थापन गर्न थालिएको दूरसञ्चार प्राधिकरणले जानकारी गराएको छ ।

दूरसञ्चार प्राधिकरणका अनुसार पोलमा देखिएका तारमध्ये करिब ७० प्रतिशत तार अनावश्यक छन् । पोलको क्षमताभन्दा धेरै भार बोकेको पोलले शहरी सुन्दरतालाई गिज्याइरहेको छ ।