२ चैत्र २०८२, सोमबार
स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाली कांग्रेसका सर्लाहीका स्थानीय नेताले सिंहले अकूत सम्पत्ति आर्जन गरेको दाबी गर्दै सोबारे अनुसन्धान गर्न मागसहित अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।
कांग्रेस छाडेर सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्रबाट स्वतन्त्रबाट चुनाव लडेर निर्वाचित भएका सिंहले पछिल्लो समय कांग्रेस नेतृत्वप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै आएका छन् । यसैबीच सर्लाही कांग्रेसको जिल्ला कार्यसमिति सदस्य रहेका विकास ठाकुरले सिंहविरुद्ध उजुरी दर्ता गरेका हुन् । राजनीतिक जीवनमा राजनीतिबाहेक अन्य पेसा व्यवसायमा समेत संलग्न नभएका सिंहले अकुत सम्पत्ति जम्मा गरेको ठाकुरले आफ्नो उजुरीमा दाबी गरेका छन् । उनले विभिन्न २० आरोप लगाउँदै छानबिनको माग गरेका छन् ।






