पूर्वगृहमन्त्री खाँणलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

होमल्याण्ड खबर

२०८० बैशाख २७ गते, बुधबार १८:१६ मा प्रकाशित

जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

बुधबार न्यायाधीश उत्तम सिलवालको इजलासले खाँणलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई आज बुधबार बिहान निवासबाटै पक्रेको थियो ।