शरणार्थी प्रकरणबारे तथ्य-प्रमाण खाेजेर संसदमा भन्छु : ओली

होमल्याण्ड खबर

२०८० बैशाख २८ गते, बिहीबार १३:३५ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे आगामी जेठ ४  गते संसदमा बोल्ने बताएका छन् । यसका पृष्ठभूमि र कसको के क्रियाकलाप थियो भन्ने जानकारी आफूलाई भएको बताउदै ओलीले यस्ताे बताएका हुन्  ।

२०-२२ दिनसम्म बयान लिएर पनि रोकिएको सूचना आफूलाई थाहा भएको बताउँदै ओलीले त्यसलाई रोक्न खोज्दा खोज्दै पनि नसकेपछि बल्ल अनुसन्धान प्रक्रिया अघि बढेको दाबी गरे ।

‘सत्य कुरा छानबिन नगरी अहिले राजनीतिक फण्डा गर्न खोजिएको छ,’ ओलीले भने, ‘आफ्ना कार्यकर्ताहरुलाई परिचालन गरेर मेरो भ्रष्टाचारविरुद्ध लडाइँ नयाँ उचाइमा पुगेको भनेर गफ दिन खोजिएको छ ।’

सोझै पैसा समाउनेलाई छाड्ने तर एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी गर्ने किन गरिएको होला ?प्रहरीले अभद्र व्यवहार गर्न खोज्यो त्यही भएर सोझै अदालतमा उपस्थित हुने भन्नुभयो ।