२ चैत्र २०८२, सोमबार
नेपाली कांग्रेसको इतिहास लेख्ने पुरूषोत्तम बस्नेतको निधन भएको छ । उनको शुक्रबार बिहान निधन भएको हो ।
संविधानसभा सदस्यसमेत भएका बस्नेतले गिरिजाप्रसाद कोइरालाको प्रेस प्रमुख भएर काम गरेका थिए ।


२००२ साल मंसिर २१ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ मा जन्मिएका बस्नेत काठमाडौंको सिफलमा बस्दै आएका थिए । उनी कांग्रेसको केन्द्रीय सदस्य पनि बनेका थिए ।