२०४६ पछिका सबै उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानविन गरौं: राप्रपा

होमल्याण्ड खबर

२०८० बैशाख २९ गते, शुक्रबार १५:४० मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रजातन्त्र पुनःस्थापनायताका सबै भ्रष्टाचार काण्डको छानबिन गर्न माग गरेको छ । शुक्रबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसाग भेट गरी २०४६ यताका सबै भ्रष्टाचार काण्डको छानबिन गर्न माग गरेका छन् ।

शुक्रबार राप्रपाले देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लाबाट प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन स्वयम राप्रपा अध्यक्ष लिङ्देन सिंहदरबार पुगेका थिए ।

सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै उनले कुनै पनि भ्रष्टाचारी उम्कन नहुने बताए । उनले सबै ठूला भ्रष्टाचार काण्डका फाइल खोल्न प्रधानमन्त्रीले आग्रह गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री, सरकारका सचिवलगायत हाइप्रोफइल व्यक्ति पक्राउ परिरहेका बेला राप्रपाले अरु फाइल पनि खोल्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।