प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच छलफल

होमल्याण्ड खबर

२०८० जेष्ठ १ गते, सोमबार ०९:५३ मा प्रकाशित

प्रधानमन्त्री पुषपकमल दाहाल र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा संसदको संयुक्त बैठक बस्नेबारे छलफल भएको राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाका प्रेस संयोजक दुर्गाप्रसाद शर्माले जानकारी दिए ।

भेटवार्तामा संसद्को चालू बजेट अधिबेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेस गर्नेबारे पनि छलफल भएको उनले जानकारी दिए ।