प्रत्यक्ष प्रश्नोत्तर अगाडि संसद भवनमा प्रधानमन्त्री र सभामुखबीच छलफल

होमल्याण्ड खबर

२०८० जेष्ठ ४ गते, बिहीबार १२:०३ मा प्रकाशित

४ मंसिरको चुनावपछि गठन भएको नयाँ संसदमा आज पहिलो पटक प्रधानमन्त्री र सांसदहरुका बीचमा प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको संसद बैठकमा २० जना सांसदले टिपाएका प्रश्नहरुमा केन्द्रीत रहेर १५ जना सांसदको प्रश्नको जवाफ दिनेछन् ।

तर प्रधानमन्त्रीसँग सांसदहरुले फेरि सवालजवाफ भने गर्न पाउने छैनन । संसद बैठक बिहान ११ बजे बोलाइएको भएपनि अहिलेसम्म सुरु भएको छैन । संसद बैठकमा हुने प्रश्नोत्तर अगाडी अहिले नयाँ बानेश्वरस्थित संसद भबनमै प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल जारी छ ।

प्रधानमन्त्री र सभामुखको छलफल जारी रहेका कारण नै अहिलेसम्म सांसद बैठक शुरु हुन नसकेको हो ।