भुटानी शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

होमल्याण्ड खबर

२०८० जेष्ठ ४ गते, बिहीबार १२:३७ मा प्रकाशित

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । उनलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा समितिको गाडी प्रयोग भएको खुलासा भएपछि उनलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो ।

उनले प्रयोग गर्ने गरेको गाडी रकम लेनदेनका लागि गिरोहहरुले प्रयोग गरेको र त्यही गाडीमा पैसा ओसारप्रसार गरेको पक्राउ परेकाहरुको बयान र अन्य अनुसन्धान प्रक्रियामा देखिएकोले मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई सिंहदरवारस्थित उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालयबाट पक्राउ गरिएको हो ।