२ चैत्र २०८२, सोमबार
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन जाँदा कुनै तामझाम नगर्न निर्देशन दिएका छन्।
संघीय संसद भवनमा बस्ने दुवै सदनको बैठक सम्बोधन र नीति तथा कार्यक्रम वाचनका लागि शीतलनिवासबाट नयाँ बानेश्वर आवतजावत गर्दा सर्वसाधारणलाई कुनै सास्ती नगराउन राष्ट्रपति पौडेलले निर्देशन दिएका हुन् ।


राष्ट्रपति पौडेलले शुक्रबार अपरान्ह ४ बजे संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।