२ चैत्र २०८२, सोमबार
सरकारले न्यून आय भएका वर्ग र समुदायलाई लक्षित लघुविमा कार्यक्रमलाई अघि बढाउने तयारी गरेको छ ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सरकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहमार्फत न्यून आय भएका वर्ग र समुदायका लागि विमा कार्यक्रम अघि बढाइने बताए ।


“देशभर विमाको पहुँच विस्तार गरिने छ । न्यून आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुविमा गर्न सहजीकरण गरिनेछ,” उनले भने ।
त्यस्तै सकारले आयोजना वर्गिकरण निर्देशिका वमोजिम संघ प्रदेश र स्थानीय तहमा सञ्चालन हुने आयोजना वर्गिकरण गरि बजेट व्यवस्थापन गरिने जानकारी दिएको छ ।
“विकास आयोजनाहरु निर्धारित समयमा लागत र गुणस्तरमा सम्पन्न गरिनेछ । आयोजना तयारीका सम्पूर्ण चरण सम्पन्न भएका आयोजनामा मात्र बजेट बिनियोजन गरिनेछ,” उनले भने , “राष्ट्रिय गौरव र रूपान्तरणका आयोजनका कार्यान्वयनमा प्राथामिकता दिइने पनि उनले बताए । ”
राष्ट्रपति पौडेलले थपे–“आयोजना वर्गिाकरण निर्देशिका बमोजिम तीन तहमा सञ्चालमा हुने आयोजनाको वर्गिकरण गरि बजेट व्यवस्थापन गरिनेछ।”
उनले विकास आयोजनाको अनुगमन र मूल्यांनलाई नतिजा उन्मुख बनाइने पनि उनले जानकारी दिए ।