२ चैत्र २०८२, सोमबार
सरकारले राष्ट्रिय योजना आयोगको पुनसंरचना गर्ने तयारी गरेको छ । सरकारको अर्थिक वर्ष २०८०÷८१को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसको जानकारी दिएका हुन् ।
योजना आयोगलाई नीति योजना र अनुगमनको केन्द्रीय निकायको रुपमा विकास गर्ने लक्ष्य बनाएको नीति तथाच कार्यक्रमले नीति अनुसन्धानमा रहेको संस्थागत दोहोरोपन हटाइने योजना बनाएको छ ।


“सार्वजनिक आधारमा हुने नीति अध्ययन, अनुसन्धानको जिम्मा विश्वविद्यालय मार्फत गराइने छ,” नीति तथा कार्यक्रममा भनिएको छ, “तथ्यमा आधारित नीति तर्जुमाका लागि राष्ट्रिय तथ्यांक प्रणालीको संस्थागत सुदृढीकरण गरिने छ ।”