उखु किसानका समस्या तत्काल समाधान होस् : अमरेश

होमल्याण्ड खबर

२०८० जेष्ठ ७ गते, आईतवार १२:०६ मा प्रकाशित

सांसद अमरेशकुमार सिंहले उखु किसानका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले लामो समयदेखि उखु किसानले रकम नपाएको भन्दै सरकारको ध्यानाकर्ष गराए।

उनले भने,’उखुबालीलाई सरकारले उधारो बाली बनाइदिएको छ। किसानलाई न समयमा मल दिने, न बिउ दिने न सिचाइँको व्यवस्था गर्ने। उल्टै किसानले मिहिनेत गरी उखु उत्पादन गर्छ। त्यसलाई उधारोमा सरकारले लट्काइदिन्छ।

उनले भने,’पैंसा नभएर कसरी बाली लगाउने ? कसरी मल किन्ने ? त्यसैले तत्काल उखु किसानको समस्या समाधान गर्न सरकारसँग माग गदर्छु।’