२ चैत्र २०८२, सोमबार
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै छ ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक/एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । नयाँ मन्त्रीको रुपमा दाङका राजु खनाल, बाँकेका भण्डारीलाल अहिर र रुपन्देहीका चन्द्रकेश गुप्ताको सम्भावना रहेको मुख्यमन्त्री चौधरी निकट स्रोतले बतायो ।


नेपाली कांग्रेसका खनाल दाङ क्षेत्र नम्बर २ (१)बाट, जसपाका अहिर बाँके क्षेत्र नम्बर २ (१)बाट र जनमत पार्टीका गुप्ता रुपन्देही ५ (२)बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।
यसअघि मुख्यमन्त्री चौधरीले गत वैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।