२ चैत्र २०८२, सोमबार
मध्यपुर ठिमीको मनोहरा पुल क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिका अन्तर्गतको मनोहरा जग्गा एकीकरण आयोजनाले डोजर चलाएको छ । आयोजनाले एक वर्षदेखि टहरा हटाउन खोजे पनि आज मात्रै हटाउन सकेको आयोजनाका उपनिर्देशक निर्मलराज बरालले जानकारी दिए ।
आयोजनाले ५ भदौ २०७९ र १७ फागुनमा गोरखापत्रमा सूचना निकालेर टहरा हटाउन निर्देशन दिएको थियो । उक्त सूचनापछि टहरामा बसोबास गरिरहेका स्थानीयहरुले उच्च अदालतमा रिट निवेदन दिएका थिए तर उच्च अदालतले ४ जेठ २०८० मा अन्तरिम आदेश दिएन ।

