२ चैत्र २०८२, सोमबार
नामकरणको विरोधमा उत्रिएका पहिचान पक्षधर र प्रहरीबीचमा झडप भएको छ ।
कोशी प्रदेशको नाम खारेजीको माग राख्दै प्रदर्शनमा उत्रिएका पहिचानवादी र प्रहरीबीच झडप भएको हाे।


विराटनगरस्थित प्रदेशसभा अगाडि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा सुरु गरेपछि झडप भएको हो।
झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइते भएका छन् ।
प्रदेशसभा भवन अगाडि प्रहरीले राेकेपछि प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए। प्रहरीले प्रदर्शनकारीमाथि पानीकाे फाेहाेरा प्रहार गरेकाे छ भने लाठी चार्ज भने भएको छैन। झडपको अवस्थालाई मध्यनजर गर्दै बाक्लो मात्रामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।