सिंहदरबारअघि प्रदर्शन गर्ने मानव अधिकारकर्मी पक्राउ

होमल्याण्ड खबर

२०८० जेष्ठ १४ गते, आईतवार १४:३८ मा प्रकाशित

सिंहदरबारको दक्षिणी गेट अगाडि प्रदर्शन गर्ने मानव अधिकारकर्मी पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा मानव अधिकारवादी नेताहरू कृष्ण पहाडी, उत्तम पुडासैनी, इश्वर पुडासैनी, भगवान पुडासैनीलगायत एक दर्जन भन्दा बढी रहेका छन्।

नेपालमा ठूलठूला संस्थागत भ्रष्टाचार भएको र शीर्ष पार्टीका नेताहरू सहभागी रहेको भन्दै उनीहरूमाथी छानबिन नभएको भन्दै मानव अधिकार तथा शान्ति समाजले आज प्रदर्शन गरेको थियो।

जिल्ला समन्वय समितिको कार्यालय बाट ब्यानर र प्लेकार्ड बोकेर सिंहदरबार आउनेक्रममा प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेको भन्दै समन्वय समितीको गेटबाटै उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरूलाई नगरप्रहरीको कार्यकक्षमा राखिएको प्रहरीले जनाएको छ।