२ चैत्र २०८२, सोमबार
जेलबाट रिहा भएका पूर्व सांसद रेशम चौधरीले माइतीघरमा पुगेर समर्थकसँग खुसी साटेका छन् ।
माइतीघरमा जम्मा भएका समर्थकलाई हात हल्लाएर खुसी साट्दै उनी विमानस्थलतिर लागेका छ्न् ।


नेता चौधरीले आजै गृह जिल्ला कैलाली गएर कार्यकर्तालाई सम्बोधन गर्ने र टिकापुर काण्डमा दोषी ठहर भई जेलमा रहेकाहरूलाई भेट्ने कार्यक्रम तय भएको बताइएकाे छ ।
जेलबाट रिहा भएसँगै आजै बिहान उनी पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका थिए। रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी वर्तमान सरकारमा मन्त्री छिन्। श्रेष्ठ नागरिक उन्मुक्ति पार्टी अध्यक्षसमेत हुन्।