१० मंसिर २०८१, सोमबार
सरकारले ‘उत्पादन साथमा अुनदान हातमा’ भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउने बताएको छ ।
सोमाबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले बिउ खरिद, रसायनिक मल बिमा र यान्त्रिकिरणमा दिइँदै आएका अनुदानलाई उत्पादनमुलक बनाइने बताए । यसले गुनासो कम गर्दै उत्पादन बढाउने बताए ।
अनुदान मापदण्डका लागि साउन मसान्तभित्र नयाँ मापदण्ड र कार्यविधी तर्जुमा गरेर कार्यान्वनयनमा ल्याउने जानकारी दिए ।