१० मंसिर २०८१, सोमबार
सरकारले कृषी क्षेत्रमा ५८ अर्व ९८ करोड बजेट विनियोजन भएको छ ।
सोमाबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले कृषी मन्त्रालयका लागि कृषी तथा ५८ अर्व ९८ करोड विनयोजन भएको बताए ।
जसमा उखु किसानका लागि मात्र ८० करोड विनियोजन गरिएको जानकारी दिए । एक सय स्थानीय तहमा घासे बाली विकास र पोषण सुधार गर्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।
कृषी पशुपालमा युवा जनशक्तिलाई आकर्षीत गर्न १ अर्व २० करोड विनियोजन गरिएको जानकारी दिए । २ लाख बढी किसानको बाली तथा अन्य विमाका लागि ९५ करोड विनियोजन गरिएको बताए ।
त्यस्तै सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड विनियोजन गरिएको जानकारी दिएको छ ।
सोमाबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यो रकम बास रोपण, पहिरो नियन्त्रण लगायत कार्यक्रममा प्रयोग हुने जानकारी दिए ।