९ मंसिर २०८१, आईतवार
विश्वमै चर्चित क्रिकेट प्रतियोगिता इण्डियन प्रमियर लिग (आईपीएल)को उपाधी महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सले जितेको छ ।
अहिलेसँगै चेन्नईले पाँचौँ पटक आईपीएलको उपाधी जितेको छ । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा आईपीएल जितेको थियो ।
आईपीएलमा दिइने उपाधीहरूको घोषणा पनि उपाधी वितरणसँगै गरेर वितरण गरिएको छ ।
यसपटक सबैभन्दा धेरै उपाधी उपविजेता बनेको गुजरात टाइटन्सका खेलाडीहरूले पाए ।
सबैभन्दा धेरै रन बनाएमार्फत दिइने ‘ओरेञ्ज क्याप’ गुजरातका ओपनर शुभमन गिलले पाए । उनले प्रतियोगिताभर ८९० रन बनाए । त्यस्तै गुजरातकै मोहम्मद सामीले धेरै विकेट लिएवापत दिइने ‘पर्पल क्याप’को उपाधी पाए । उनले प्रतियोगिताभर २८ विकेट लिए ।
त्यस्तै प्रतियोगिताको ‘मोष्ट भ्यालुयवल प्लेयर’को उपाधी पनि गिलले नै पाएका छन् । उनले ९६६ दशमलव ४१ नम्बर पाएर यो उपाधी पाएका हुन् ।
त्यस्तै ‘इमर्जिङ प्लेयर’को उपाधी राजश्थान रोयल्सका ओपनर यजश्वी जैसवालले पाएका छन् । उनले ६२५ रन बनाए ।
‘फेयर प्ले’ अवार्ड गुजरात टाइटन्सले पाएको छ । ‘सुपर स्टाइकर्स’को उपाधी भने रोयल च्यालेञ्जर बैङ्लोर्सका ग्लेन म्याक्सवेलले पाएका छन् । म्याक्सवेललाई प्रतियोगिताभर सबैभन्दा धेरै छक्का प्रहार गरेवापत यो पुरस्कार प्रदान गरिएको हो ।
सबैभन्दा धैरै चौका प्रहार गरेवापत पाइने पुरस्कार पनि गिलले प्राप्त गरेका छन् ।
इस सिजनको ‘क्याच अफ द सिजन’ उपाधी गुजरातका राशिद खानले पाएका छन् । पिच एण्ड ग्राउण्डको उपाधी इडेन गार्डेनर्स, वाखण्डे स्टेडियमले पाएको छ ।