मन्त्रिपरिषद बैठक बस्दै, भारत भ्रमणको एजेण्डाबारे छलफल हुने

होमल्याण्ड खबर

२०८० जेष्ठ १६ गते, मंगलवार १३:३७ मा प्रकाशित

 आज मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो २ बजे सिंहदरबारमा बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि ४ दिने भ्रमणमा भारत जाँदैछन् । प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डाबारे बैठकमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्रीसँग भारत भ्रमणमा ५ मन्त्री पनि जाँदैछन् । भ्रमणका क्रममा सीमा समस्याबारे छलफलसहित केही सम्झौतामा हस्ताक्षर हुने प्रधानमन्त्रीको भनाइ छ ।