कोशी सरकारबाट बाहिरियो जसपा, समर्थन पनि फिर्ता लिने

होमल्याण्ड खबर

२०८० जेष्ठ १७ गते, बुधबार १२:५४ मा प्रकाशित

जनता समाजवादी पार्टीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

जसपा कोशी प्रदेश समितिको बैठकले जसपा प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

पार्टीले उक्त प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाएको छ ।