भारतले नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार र डिपो निर्माणका लागि १७ अर्ब लगानी गर्ने

होमल्याण्ड खबर

२०८० जेष्ठ १८ गते, बिहीबार १६:१५ मा प्रकाशित

भारतले नेपालमा पेट्रोलियम पाइपलाइनको विस्तार र पेट्रोलियम भन्डारण डिपो निर्माण गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चारदिने भारत भ्रमणमा बिहीबार यी परियोजना निर्माणका लागि सम्झौता भएको हो ।

यी परियोजना निर्माणको लागि भारतले १७ अर्ब बढी लगानी गर्ने छ ।

परियोजनाअन्तर्गत भारतको सिलगुडिदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन विस्तार हुने छ । साथै झापाको चारआलीमा पेट्रोलियम भन्डारणका लागि डिपा निर्माण गरिने छ ।

यस्तै, भारतको मोतिहारीदेखि नेपालको अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म विस्तार गर्ने सम्झौता भएको छ ।

यसले ढुवानी खर्च आधा कम पर्ने र उपभोक्तालाई सस्तो पर्ने नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

दुईवटा पाइपलाइन भएका सप्लाईमा पनि थप सहज हुने र अर्कोतर्फ समयसँगै खर्च पनि घट्ने ठाकुरले बताए । यसले गर्दा उपभोक्तालाई सस्तो र सहज हुने उनले बताए ।