२५ बैशाख २०८३, शुक्रबार
मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशी नदीमा गाडी खसेको छ। गाडीमा सवार ३ जना वेपत्ता भएका छन्।
घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनबाट गाडी नदिमा खसेको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिएका छन्।


गाडीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का २ निर्देशकसहित ३ जना तथा गाडी चालक समेत गरी ४ जना सवार थिए। उनीहरुमध्ये गाडी चालक भने पौडिएर बाहिर निस्केको र निर्देशकसहित ३ जना वेपत्ता भएको एसपी सिलवालले जानकारी दिए।
उनीहरु सरकारी गाडीमा खोटाङ जान हिँडेका पाइएको छ। अहिले उनीहरुको खोजी भइरहेको छ।