आफ्ना तीन माग सम्बोधन नभएसम्म संसद् चल्न नदिने एमालेकाे अडान

होमल्याण्ड खबर

२०८० जेष्ठ २१ गते, आईतवार १२:३८ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक चल्न नदिने भएको छ।

एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले जारी नागरिकता विधेयक, प्रधानमन्त्रीको भारत भ्रमण र रेशम चौधरीलाई रिहाइको विषयलाई लिएर एमालेले संसद् चल्न नदिने सांसद ठाकुर गैरेले जानकारी दिए।

उनले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक तत्काल संसदमा टेबुल गरेर सदनबाट पारित हुनुपर्ने आफूहरूको माग रहेको बताए।  आज ११ बजेका लागि बोलाइएको बैठक १२ बजेसम्म पनि सुरु हुन सकेको छैन।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यी विषयमा विशेष समयमा बोल्ने तयारी गरेतापनि राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तथा राष्ट्रको हित विपरीतका गतिविधि गरेकाले यसबारे प्रष्ट नभई सदन चल्न नदिने बताएकाे छ ।

प्रतिनिधिसभामा आजबाट आर्थिक वर्ष २०८०-८१ को बजेटमाथि छलफल सुरु हुने कार्यसूचीमा उल्लेख छ ।