नागरिकता विधेयकमा सत्ताबाटै मधेशलाई ठगियो : मनिष झा

होमल्याण्ड खबर

२०८० जेष्ठ २२ गते, सोमबार १३:५४ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नागरिकता विधेयकबाट मधेश फेरि पनि ठगिएको बतएका छन् ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीमाथि प्रश्न उठाउँदै झाले सधैं ठगिँदै आएको मधेश यसपटक सत्ता पक्षबाट ठगिएको बताएका हुन् ।

‘मधेश सधैं ठगिँदै आएको छ । यसपटक सत्ताबाटै ठगियो । नागरिकता विधेयक प्रक्रिया पुरा गरेर सदनमा ल्याएर पर्याप्त छलफल गरेर सदाको लागि कानून बनोस् भन्ने हाम्रो इच्छा र अनुरोध हो । तर सर्टकर्ट गरेर झारो छार्ने गरी ल्याइएकोमा हाम्रो विरोध हो’ झाले भने, ‘यो विधेयक सदनमा फेरि ल्यायोस् र सधैंको लागि समाधान गरियोस् भन्ने दबाब दिन चाहन्छु ।’