२ चैत्र २०८२, सोमबार
आज बसको संसदीय सुनुवाइ विशेष समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका विषयमा छलफल भएको छ ।
सोमबार सिंहदरबारस्थित समितिको सभाहलमा बसेको बैठकमा कार्कीको नियुक्ति तथा उजुरीबारे छलफल भएको हो । जसअनुसार उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने वा नगर्ने भन्ने निर्णय असार १ गते हुने भएको छ।


सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा पेस भएको कार्य योजनामा कार्कीविरुद्ध परेका उजुरीको अध्ययन र छलफलपछि असार १ गते निर्णय गर्ने तयारी गरेको हो ।
गएको वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । जेठ १६ मा कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको थियो ।
शुक्रबारसम्म उजुरीका लागि दिइएको समयमा उनीविरुद्ध २९ उजुरी परेका छन् ।