मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

होमल्याण्ड खबर

२०८० जेष्ठ ३० गते, मंगलवार १५:५९ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएको छ । मंगलबार बिहान मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना गरिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनको मुटुमा समस्या पाइएपछि अहिले अब्जरबेशनमा राखेर उपचार भइरहेको छ ।

राष्ट्रपति पौडेललाई बिहान ७ बजे अस्पताल लगिएको उनको सचिवालयका एक सदस्यले रातोपाटीलाई बताए ।

उनी अहिले भीआईपी क्याबिन चिकित्सकको निगरानीमा रहेको ती सदस्यको भनाइ छ ।