युगलाई भावी पुस्तामा चिनाउने भनेकै चित्रकला हाे : परराष्ट्रमन्त्री साउद

होमल्याण्ड खबर

२०८० जेष्ठ ३० गते, मंगलवार १६:५३ मा प्रकाशित

परराष्ट्रमन्त्री एनपी साउदले चित्रलाई विलासिताको वस्तुका रुपमा लिनु नहुने बताएका छन् ।

मंगलबार ललितकला प्रतिष्ठानमा चित्रकलाको अवलोकनपश्चात सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले चित्रहरु विलासिताका वस्तु नभई सिर्जनाका कुरा र युगका प्रतिबिम्ब भएको बताए ।

मन्त्री साउदले युगलाई भावी पुस्तामा चिनाउने भनेकै चित्रकला एउटा माध्यम रहेको बताए । चित्रकलालाई विदेशमा पनि निर्यात गरी नेपालको कला, संस्कृति र इतिहासलाई विश्वमाझ फैलाउन जरुरी रहेको उनले बताए ।

मन्त्री साउदले चित्र मनका भावहरुको अभिव्यक्ति भएको बताए ।