२ चैत्र २०८२, सोमबार
नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर प्रस्थान गरेकाले खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन्।


नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति पूर्णबहादुर खड्का कार्यवाहक सभापति बनेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सभापति शेरबहादुर देउवा उपचारका लागि मंगलबार राति सिंगापुर गएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा नियमित उपचार’फलोअप’का मंगलबार मध्यराति पत्नी आरजु देउवासहित सिंगापुर गएको उनको सचिवालयले जनाएको छ।
देउवा एक सातापछि स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ।