काठमाडौं जिल्ला अदालतबाट अखिल क्रान्तिकारी अध्यक्षसहित १५ जना पक्राउ

होमल्याण्ड खबर

२०८० जेष्ठ ३१ गते, बुधबार १४:५१ मा प्रकाशित

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट १५ जनालाई नियन्त्रणमा लिएको हो ।

नक्कली भु्टानी शरणार्थी प्रकरणमा पक्राउ परेको पक्षमा  कानुन व्यवसायीहरूले बहस गरेको भन्दै उनीहरूले अदालत परिसरमा नाराबाजी गरेका थिए। पक्राउ पर्नेहरूमा नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीसहितका विद्यार्थी नेताहरू रहेका छन् ।