निवर्तमान मुख्यसचिव शंकरदाश वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार

होमल्याण्ड खबर

२०८० जेष्ठ ३२ गते, बिहीबार १०:४७ मा प्रकाशित

सरकारले निवर्तमान मुख्यसचिव शंकरदाश वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ ।

बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैरागीको तीन वर्षै कार्यकाल आगामी असोज १४ मा सकिदैथ्यो । उनलाई राजीनामा दिन लगाएर असार ३ मा पदमुक्त हुन लागेको बैकुन्ठ अर्याललाई सरकारले मुख्यसचिव बनाएको हो। बैरागीलाई मन्त्री स्तरीय सेवा सुविधा दिने गरी सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकार बनाउने निर्णय लिएको छ ।