‘अखण्ड भारत’ नक्साको विरोधमा कूटनीतिक नोट पठाउन एमालेको माग

होमल्याण्ड खबर

२०८० जेष्ठ ३२ गते, बिहीबार १२:०२ मा प्रकाशित

भारतले आफ्नो नयाँ संसद भवनमा राखेको ‘अखण्ड भारत’ को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले नेपालको भू–भाग समेटेको ‘अखण्ड भारत’ को नक्साको विरोधमा नेपाल सरकारले तत्काल कूटनीतिक नोट पठाउन माग गरेका हुन् ।

भारतलाई कूटनीतिक नोट पठाएर संसदलाई जानकारी गराउन उनले माग गरे ।

हालै भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर समेटिएको छ ।