प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन

होमल्याण्ड खबर

२०८० असार १ गते, शुक्रबार ११:४० मा प्रकाशित

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । शुक्रबार बिहान बसेको बैठकले कार्कीलाई सर्वसम्मतिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए ।

‘संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको नाम सर्वसम्मतिले स्वीकृत गरिएको छ,’ समिति सभापति जबराले भने ।

संसदीय सुनुवाइ समितिले बिहीबार र शुक्रबार प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीसँग कार्ययोजना लिने र सांसदहरूसँग प्रश्नोत्तर गरेको थियो ।

कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीशसहितका २९ वटा उजुरी समिति परेका थिए ।

८ महिना कायममुकायम भएर सर्वोच्चको नेतृत्व गरेका उनी साउन २० गते अनिवार्य अवकाशमा जाँदैछन् ।