२ चैत्र २०८२, सोमबार
सत्तारूढ नेकपा माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चा घोषणा समय सरेको छ । यसअघि आजै (सोमवार) दिउँसो ३ बजे घोषणा हुने तय भएको मोर्चा साँझ ४ बजे मात्रै घोषणा हुने भएको हो ।
काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आज मोर्चा घोषणा हुँदै छ ।


मोर्चामा माओवादीसहित, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आवद्ध हुँदैछन् ।
आइतवार बसेको ४ दलको बैठकले सोमवार घोषणा हुने समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकतासहित प्रतिबद्धता तय गरेको थियो ।
दलहरूले समाजवादी मोर्चाको नेतृत्वमा आलोपालो गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरूप हुने सहमति गरेका बताइएको छ ।
मोर्चामा डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी भने सहभागी नहुने भएको छ ।
मोर्चाको लक्ष्य, उद्देश्य र कार्यक्रमबारे नेसपासँग कुनै छलफल नै नभएकोले मोर्चामा सहभागी हुने कुरै नआउने नेसपा नेता विश्वदिप पाण्डले बताए ।