पार्टी एकताबारे दाहाल र विप्लवबीच छलफल

होमल्याण्ड खबर

२०८० असार ७ गते, बिहीबार १०:१७ मा प्रकाशित

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

भेटमा समसामयिक राजनीति र केही दिन अघि घोषणा भएको समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुराकानी भएको दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

भेटमा माओवादी आन्दोलनको उपलब्धीको रक्षा र पार्टी एकताबारे पनि कुराकानी भएको छ । ‘समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे गंभीर छलफल भएको छ !