२ चैत्र २०८२, सोमबार
जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले डा। बाबुराम भट्टराईलाई एक्लै हिँड्न बानी परेको टिप्पणी गरेका छन्।
डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा मोर्चामा छुटेको विषयमा सोधिएको प्रश्नमा उनले मोर्चा बनाउन झण्डै एक वर्षदेखि भएको छलफलमा डा। बाबुराम भट्टराईलाई कहिल्यै नदेखेको बताएका हुन् ।


पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘बाबुराम भट्टराईले समातेको पनि होइन, छोडेको पनि होइन हामीले,’ कुनै छलफलमा नभएको भन्दै उनले हाँस्दै अघि, ‘फेरि बाबुरामजीको एक्लै हिँड्ने बानी छ । त्यसले गर्दा ठीकै भएको छ कि जस्तो छ ।’
यादवले समाजवादी मोर्चामा आवद्ध दलहरुको एउटै पार्टी नबन्ने बताएका छन् ।