अदालतको आदेश मान्दिन, भारतीय फिल्म चल्न दिन्नँ : बालेन शाह

होमल्याण्ड खबर

२०८० असार ७ गते, बिहीबार १४:३३ मा प्रकाशित

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् ।

उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।