लम्पी स्किन नियन्त्रणमा सहयोग गर्न स्थानीय तहलाई मन्त्रालयको परिपत्र

होमल्याण्ड खबर

२०८० असार ८ गते, शुक्रबार १२:०१ मा प्रकाशित

लम्पी स्किन रोग नियन्त्रणमा आवश्यक सहयोग गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको छ।

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरेको हो ।

अहिले गाई, गोरु, भैंसीमा महामारीको रुपमा लप्पी स्किन रोग महामारीको रुपमा देखा परेको र देशका अधिकांश स्थानमा पशुधनको क्षति हुनुका साथै दुग्ध व्यवसाय लगायत समग्री कृषि क्षेत्रमा आर्थिक प्रभाव परेको भन्दै मन्त्रालयले आग्रह गरेको हो ।

लप्पी स्किन रोगलाई थप फैलिन नदिन तथा कृषकको पशुधन सुरक्षणका लागि सबै तहबाट कार्य भइरहेकोमा यस रोगको प्रकोपलाई मध्यनजर गर्दै निगरानी, नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहबाट थप स्रोत साधनको परिचालन गरी रोगको नियन्त्रणमा आवश्यक सहयोग गर्न मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै परिपत्र गरेको हो ।