गौरवका आयोजनालाई बजेट अभाव हुँदैन : प्रधानमन्त्री

होमल्याण्ड खबर

२०८० असार ८ गते, शुक्रबार १२:१३ मा प्रकाशित

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखेर बजेट सुनिश्चित गर्ने बताएका छन् ।

प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरका जवाफ दिँदै प्रधानमन्त्रीले गौरवका आयोजनाले बजेट पाउने बताएका हुन् ।

‘राष्ट्रिय गौरवका आयोजनामा बजेट सुनिश्चत गरिएको छ । कम बजेट भए पनि थप बजेट व्यवस्था गर्ने गरी सरकार अघि बढ्छ,’ सांसद अच्युतप्रसाद मैनालीको प्रश्नमा प्रधानमन्त्रीले भने, ‘निजगढको अन्तर्राष्ट्रिय विमानस्थलको साइट क्लियरेन्स आगामी आर्थिक वर्षमा गर्छौं । गौरवका आयोजनामा जग्गा अधिग्रहण सरकारको प्राथमिकतामा रहेको छ ।’