२ चैत्र २०८२, सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउने खेलमा लागेको बताएका छन् ।
सत्ता टिकाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलभित्रै अर्को गठबन्धन बनाउनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, भारत भ्रमणलाई ठूलो उपलब्धिको रुपमा चित्रण गर्न प्रयास गरेको बताए ।


‘सरकार जनतालाई राहत दिने, मुलुकका महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित रहनेभन्दा सरकारले आफूलाई टिकाउनु पर्ने जिम्मेवारी बढी भएका कारणले सरकार कता–कता अलमलिएको हो कि रु भन्ने कुरा म सम्माननीय सभामुख महोदयमार्फत् सदनलाई जानकारी गराउन चाहन्छु,’ उनले भने ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै लामिछानेले प्रधानमन्त्री दाहाल जनतालाई राहत दिने, मुलुकको महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित हुनेभन्दा सत्ता टिकाउने काममा अल्मलिएको आरोप लगाए ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणकै विषयलाई लिएर मैले यही सदनमा हाम्रो दलको तर्फबाट विशेष समितिको माग गरेको थिए, कारण के थियो भने– जुन ढंगले यसको इन्भेष्टिगेशन भइरहेको थियो, त्यहाँ इन्भेष्टिगेशन गर्ने इन्टिच्युटको बारेमा प्रश्न आए, गठबन्धनभित्र मिलाउने कुरामा, गठबन्धनभित्रै अझ केही तलमाथि पर्न लागेको हो कि भन्ने कुरामा प्रधानमन्त्रीको ध्यान गएको हो कि रु भारत भ्रमणलाई पनि एकदमै उपलब्धिमूलक भनियो,’ उनले थपे ।
सभापति लामिछानेले राष्ट्रको महत्वपूर्ण मुद्दालाई छाडेर सरकार किन अल्मलिएको छ रु भन्दै प्रश्न गरे ।