बालुवाटार जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

होमल्याण्ड खबर

२०८० असार १२ गते, मंगलवार १५:३१ मा प्रकाशित

बालुवाटारको सरकारी जग्गा हिनामिनामा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ । सिआइबीले उनलाई पक्राउ गरेको हो ।

सो प्रकरणमा उनको पनि संलग्नता रहेको सिआइबी दाबी छ । यसअघि अख्तियारले उनलाई मुद्दा दायर गरेको थिएन । यो प्रकरणमा व्यापारी मिनबहादुर गुरुङ तथा मालपोतका कर्मचारीहरू पक्राउ परिसकेका छन् ।