निकालिएको ४ दिनपछि पशुपतिको जलहरी राखिँदै

होमल्याण्ड खबर

२०८० असार १३ गते, बुधबार ११:२६ मा प्रकाशित

 गत आइतवार अनुसन्धानको लागि झिकिएको पशुपतिनाथ मन्दिरको जलहरी विधिपूर्वक पुन:स्थापनाको तयारी थालिएको छ।

सुनको जलहरीको तौल र गुणस्तरबारे उजुरी परेपछि छानविन थालेकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार जलहरी निकालेर जोखेको थियो।

आइतबार निकालिएको जलहरी पुनर्स्थापना गर्न लागिएकाे पशुपतिक्षेत्र विकास कोषले जानकारी दिएकाे छ। यसक्रममा तीन दिनसम्म क्षमा पूजासमेत गरिने कोषका पदाधिकारीले जनाएका छन्।

अहिले जलहरीमा तामा, पित्तल र चाँदीको मात्रा कति छ भनेर अध्ययन भइरहेको जनाइएको छ । आइतबार  अख्तियारले जलहरी जोख्दा १०७.४६८७ किलो सुन पाइएको थियो।

तर, जलहरीमा सुनको मात्रा ठिक भए नभएको विषयको अन्तिम निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरिसकेको छैन।